वीरेन्द्रनगरमा तीन दिनदेखि खानेपानी वितरण ठप्प « Khabarhub

वीरेन्द्रनगरमा तीन दिनदेखि खानेपानी वितरण ठप्प


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अबिरल वर्षाले खानेपानीका संरचनामा क्षति पुर्‍याएपछि वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा तीनदेखि पानी वितरण पूर्णरुपमा ठप्प भएको छ ।

वर्षासँगै आएको पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पुर्‍याएपछि पानी वितरण पूर्णरुपमा ठप्प भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

“पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पुर्‍याएको हुँदा खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी नझरेपछि समस्या आएको हो । वर्षाले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुगेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, “तीन दिनदेखि प्लान्टमा एक थोपा पानी संकलन नभएकोले वितरण गर्न नसकिएको हो ।”

देवकोटाका अनुसार खरीबोरी खोलाबाट आएको पाइपलाइन दोबिल्ला नजिक पहिरोले क्षति पुर्‍याएको छ । वर्षाका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलन केन्दमा हालिएको छैन । वर्षाले झुप्राको इन्टेकसमेतमा क्षति पुगेको, इत्राम र खोर्के खोलाको स्रोतमा पनि भल पसेका कारण संकलन केन्द्रसम्म पानी ल्याउन सकिएको छैन ।

बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ ।  पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएकाले मर्मत भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटिएको बताइएको छ ।

आइतबार साँझसम्म वीरेन्द्रनगरका केही भागमा पानी वितरण गर्ने लक्ष्यका साथ मर्मत काम भइरहेको र सबै क्षेत्रका उपभोक्ताको धारामा सोमबार बेलुकासम्म पानी आउने इन्जिनियर तिवारीले बताए ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ३० बजे

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय