चाडपर्वलाई लक्षित गरी हवाई भाडामा १० प्रतिशत छुट | Khabarhub Khabarhub

चाडपर्वलाई लक्षित गरी हवाई भाडामा १० प्रतिशत छुट


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायु सेवा संचालक संघ नेपालले चाडपर्वलाई लक्षित गरी आगामी असोज १२ देखि कार्तिक १७ गतेसम्म हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज बसेको संघको बैठकले दशैदेखि छठसम्म हवाई यात्रा गर्ने यात्रुहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
दशै छुटको अफर पाउनका लागि यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाटै टिकट खरीद गर्नुपर्ने संघले जनाएको छ ।

‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोज देखि १७ कात्तिकभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले भने ।

१२ असोज देखि १७ कात्तिकसम्म दशै‌, तिहार, छठलगायतका चाड पर्छन् । दशैं–तिहारमा यात्रुहरुको बढी चाप हुने भएकाले अतिरिक्त उडान थप्ने व्यवस्था पनि मिलाइएको संघले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : २६ बजे

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले