भूमिसम्बन्धी विधेयकमाथि कांग्रेसको फरक मत « Khabarhub

भूमिसम्बन्धी विधेयकमाथि कांग्रेसको फरक मत


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिसमक्ष भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ भएका संशोधनमाथि फरक मत दर्ता गराएको छ ।

भूमिसम्बन्धी विधेयक र प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन २०७६ मा भएका संशोधनमाथि सांसदहरु जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थका तर्फबाट फरक मत राखिएको हो ।

विधेयकको दफा १२ (ख) को प्रतिबन्धात्मक वाक्यांश, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको दफा २ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशको (१) र (२) तथा सो माथि विधायन व्यवस्थापन समितिबाट थप गरी पारित भएको व्यहोरा बेठिक भएको भन्दै उनीहरुले उक्त निर्णयमा असहमति जनाएका हुन् ।

संशोधन गर्ने निर्णयबाट भूमिसम्बन्धी ऐन, २०२१ को हदबन्दीसम्बन्धी मूल मर्म र उद्देश्यमाथि नै प्रहार भएकाले यो असहमति दर्ता भएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

समितिले दफा ५९ (क) थप गरी गौचरण समेतको जग्गा विविध प्रयोजनका लागि दिने र गौचरण समेतको जग्गा मास्ने, नास्ने गरी भएको संशोधनलाई स्वीकार गर्ने गरी भएको विधायन व्यवस्थापन समितिको बहुमतको प्रतिवेदनमाथि पनि कांग्रेसले असहमति जनाएको छ ।

यो प्रक्रियाबाट गौचरण जस्ता खुला सार्वजनिक जग्गा नासिने भएकाले फरक मत दर्ता गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ४५ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी