अब दुई लाखभन्दा बढी रकम भुक्तानी गर्न चेक काट्नु नपर्ने « Khabarhub

अब दुई लाखभन्दा बढी रकम भुक्तानी गर्न चेक काट्नु नपर्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको छ ।

आइतबार राष्ट्र बैंकले प्रधान कार्यालय बालुवाटारमा एक कार्यक्रमकाबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको हो ।

राष्ट्र बैंकले पहिलो चरणमा ’क’ वर्गका वाणिज्य बैंकहरुका लागि मात्र लागू हुनेगरी यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीले बैंकहरुले गर्ने ठूला कारोबारको सेटलमेन्ट गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन सहयोग गर्ने छ । यसबाट व्यवसायी तथा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि चेक नकाटी भुक्तानी लिन र दिन सक्नेछन् ।

२ लाखभन्दा कम रकमका लागि भने चेक नै जारी गर्नुपर्ने हुन्छ। अहिलेको एकाउन्ट पे चेकको रकम खातामा जम्मा हुन समय लाग्ने र झन्झटिलो प्रक्रियालाई यो प्रणालीले हटाउने छ ।

यो प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार सञ्चालन गर्नुपर्ने हुन्छ ।

यसबाट कारोबार गर्नका लागि बैंक तथा वित्तीय संस्थाले भुक्तानी लिन दिन गरेको लिखित आदेश दिएको औसत १० मिनेटभित्र कारोबार सम्पन्न हुने राष्ट्रबैंकले जनाएको छ । आरटिजिएस प्रणाली भदौ २५ गतेदेखि कार्यान्वयनमा आए पनि औपचारिक घोषणा आइतबार गरिएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : १४ बजे

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको