नेपाली बजारमा मारुती सुजुकीको एक्सएल-६ को मूल्य कति पर्छ ? यस्ता छन् विशेषता « Khabarhub

नेपाली बजारमा मारुती सुजुकीको एक्सएल-६ को मूल्य कति पर्छ ? यस्ता छन् विशेषता


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मारुती सुजुकी एमपीभी एक्सएल ६ का दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध छन् । यसलाई मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटो कर्पले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको थियो ।

फरक स्टाइल, आकर्षक फिचर तथा पावरफुल इन्जिन समेटिएको एक्सएल ६ नेपालमा अल्फा र जेटा गरी दुई भेरियन्टमा उपलब्ध छन् ।

एक्सएल–६ मा उपलब्ध के१५बी स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनले ६ हजार आरपीएममा १०४.७ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यो एमपीभीको लम्बाई ४४४५ एमएम, चौडाई १७७५ एमएम, उचाई १७०० एमएम रहेको छ । यसमा २७ सय एमएमको ह्वीलवेश छ ।

एआरएआईका अनुसार यसमा दिइएको १४६२ सीसीको इन्जिनले प्रतिलिटर १९.०१ किलोमिटर माइलेज प्रदान गर्ने छ ।
अल्फामा लेदर सिट, अलोय ह्वील, आउट साइड रियर भ्यु मिरर, सेन्ट्रल लकिंग, इन्जिन इमोबिलाइजर, फ्रन्ट फगल्याम्प, ब्रेक असिस्ट, एबीएस, इबीडी लगायतका विशेषता दिइएको छ । कम्पनीले अल्फा मोडलको मूल्य ४७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

त्यसैगरी, जेटा भेरियन्टमा सिटबेल्ट, एबीएससँगै इबीडी, रियर पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, हाइट एडजस्टेबल फ्रन्ट सिटवेल्ट, आइएसओ फिक्स चाइल्ड सिट, सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ क्यामरा लगायतका विशेषता दिइएको छ । यसको नेपाली बजारमा ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

कम्पनीले दुबै मोडलमा ७ इन्च इन्फोटेनमेन्ट सिस्टसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको बिशेषता दिइएको छ भने एलइडी हेडल्याम्प र एलइडी डीआरएलएस, क्रुज कन्ट्रोको फिचर समेटिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : ५४ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग