आबुधाबी डायलगमा सहभागी हुन श्रममन्त्री विष्ट युएई प्रस्थान « Khabarhub

आबुधाबी डायलगमा सहभागी हुन श्रममन्त्री विष्ट युएई प्रस्थान


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट मंगलबार यूएइ प्रस्थान गरेका छन् ।

अक्टोबर १६ र १७ तारिख (बुधबार र बिहीबार) यूएइमा हुन लागेको पाँचौ मन्त्रिस्तरीय आबुधाबी डायलगमा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री युएई गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रीसगँको टोलीमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना छन् ।

श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम हो अबुधाबी डायलग । यसपटकको छलफल श्रमिक आपुर्ति प्रक्रियालाई थप पारदर्शि बनाउने विषयमा केन्द्रित मन्त्रालयले जनाएको छ ।

त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ । श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र भएकाले नेपालको उपस्थिती खास रहनेछ ।

डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, बंगलादेश र भियतनाम सहभागी हुर्दैछन । त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : ३९ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले