कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला हुने « Khabarhub

कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला हुने


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी कात्र्तिक १ गतेबाट ललितपुरको जावलाखेल मैदानमा १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला शुरु हुने भएको छ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिदैं आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

यसवर्षको मेलामा बाहिरा देशबाट माउबोटका रुपमा आयत गरी उत्पादन विस्तार गरिएको करिब १६ नयाँ प्रजातीको गोदावरी फूलसहित सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल राखिनेछ ।

त्यस्तै गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्धेश्य पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धा गराइ गुणस्तरीय उत्पादनमा टेवा पुर‍्या‍उनु हो ।

मेला ४ दिनसम्म चल्ने फ्यानका अध्यक्ष कुमार कसजुले जानकारी दिए । मेलामा ४४ वटा फूलको व्यवसायिक कारोबार गर्ने स्टल, ४ वटा सूचनामुलक र एउटा प्रतियोगितात्मक गरी ४९ वटा स्टल रहनेछन् ।

मेलालाई शुक्रवार अर्थात् कार्तिक १ गते कृषिमन्त्री चक्रपाणी खनालले उद्घाटन गर्ने भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : १८ बजे

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको