पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द | Khabarhub Khabarhub

पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पेस्तोलसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग ,शिक्षण संस्था, यातायात प्रभावित भएको छ ।

तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित पक्राउ परेका नेता कार्यकर्ता छुटाउनका लागि बन्दको आयोजना गरिएको तरुण दलले जनाएको छ ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएको छ ।

प्रहरीले एक रिसोर्टमा पार्किङ गरिएको निजी कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो ।

उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर तरुण दलका एक नेतालाई धम्कीदिएको अडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ४९ बजे

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा