‘माछा माछा’ को रिलिज कार्तिकमा कि मंसिरमा? « Khabarhub

‘माछा माछा’ को रिलिज कार्तिकमा कि मंसिरमा?


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को ट्रेलर केही हप्ताअघि रिलिज भयो । कमेडी शैलीको ट्रेलरले युट्युबमा औसत प्रतिक्रिया पायो ।

यो समाचार तयार पार्दासम्म जम्मा ३ लाख ४ हजारले फिल्मको ट्रेलर हेरेका छन् । सिनेमा आर्टसको प्रस्तुतिमा बनेको फिल्मको ट्रेलर हेरेर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कतिले फिल्मको ट्रेलर मन परेको बताएका छन् भने कतिले निर्मातालाई पैसा धेरै भएर यस्तो फिल्म बनाएको भन्दै मजाक बनाएका छन् । सुनील गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म मंसिर २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको यो फिल्मलाई निर्माण टिमले मंसिर २० मा आउने भनेर प्रचार गरिरहेको छ । तर, युट्युबमा भने फिल्म कार्तिक २९ गतेदेखि प्रदर्शन हुने भनेर मिति राखिएको छ ।

कतै कार्तिक २९ र कतै मंसिर २० भनेर फिल्मको रिलिज मितिको प्रचार गरिँदा दर्शक जिल्ल परेका छन् । एउटा पूरै फिल्म निर्माण गरिसकेपछि यसको रिलिज मितिमा त कमसेकम एकरुपता हुनुपर्ने होइन र?

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ५९ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै