‘माछा माछा’ को रिलिज कार्तिकमा कि मंसिरमा? « Khabarhub

‘माछा माछा’ को रिलिज कार्तिकमा कि मंसिरमा?


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को ट्रेलर केही हप्ताअघि रिलिज भयो । कमेडी शैलीको ट्रेलरले युट्युबमा औसत प्रतिक्रिया पायो ।

यो समाचार तयार पार्दासम्म जम्मा ३ लाख ४ हजारले फिल्मको ट्रेलर हेरेका छन् । सिनेमा आर्टसको प्रस्तुतिमा बनेको फिल्मको ट्रेलर हेरेर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कतिले फिल्मको ट्रेलर मन परेको बताएका छन् भने कतिले निर्मातालाई पैसा धेरै भएर यस्तो फिल्म बनाएको भन्दै मजाक बनाएका छन् । सुनील गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म मंसिर २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको यो फिल्मलाई निर्माण टिमले मंसिर २० मा आउने भनेर प्रचार गरिरहेको छ । तर, युट्युबमा भने फिल्म कार्तिक २९ गतेदेखि प्रदर्शन हुने भनेर मिति राखिएको छ ।

कतै कार्तिक २९ र कतै मंसिर २० भनेर फिल्मको रिलिज मितिको प्रचार गरिँदा दर्शक जिल्ल परेका छन् । एउटा पूरै फिल्म निर्माण गरिसकेपछि यसको रिलिज मितिमा त कमसेकम एकरुपता हुनुपर्ने होइन र?

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ५९ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस