आलमको थुनछेक बहस सकियो, आजै आदेश आउने « Khabarhub

आलमको थुनछेक बहस सकियो, आजै आदेश आउने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस सकिएको छ।

जिल्ला अदालत रौतहटमा एक हप्तादेखि जारी बहस शुक्रबार दिउँसो सकिएको हाे ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बहस सकिएको जानकारी दिँदै अबको केही समयमै थुनछेक आदेश जारी हुने बताए ।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध उक्त प्रकरणमा प्रतिवादी (अभियुक्त) बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ भने अर्का १ जना अभियुक्तलाई मतियारको रुपमा प्रस्तुत गरी सोहीअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ३ : १३ बजे

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले