क्यान महासंघको अध्यक्ष पदमा सुनैना घिमिरे पाण्डेको उम्मेदवारी घोषणा « Khabarhub

क्यान महासंघको अध्यक्ष पदमा सुनैना घिमिरे पाण्डेको उम्मेदवारी घोषणा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले शनिवार आयोजित घोषणा सभामार्फत आफ्नो उम्मेदवारीका साथै समूहको उम्मेदवारीसमेत घोषणा गरेकी हुन् ।

घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त र सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताइन् ।

उनले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको एकमात्र छाता संगठन क्यान महासंघलाई सहि नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने भन्दै आफूलाई अत्यधिक मतले निर्वाचित गराउन आग्रह गरिन् ।

‘क्यान महासंघलाई गैर राजनीतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना तथा संचार प्रविधिमा नेपालको एकमात्र सर्वोच्च संस्थाको रुपमा स्थापित गराउनेछु, त्यसैगरि स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहन गर्ने र आईसीटी बोर्ड गठन गर्न पहल गर्नेछु,’ अध्यक्षका प्रत्यासी पाण्डेले भनिन् ।

उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियान साकार पार्न सहयोग गर्ने र क्यान महासंघलाई स्मार्ट क्यान बनाउने योजना पनि सार्वजनिक गरिन् ।

टिम सुनैनाको तर्फबाट उम्मेदवारहरु यस प्रकार रहेका छन् ।

अध्यक्ष सुनैना घिमिरे पाण्डे

संस्थागत आजिवन सदस्यतर्फ
बिक्रम सिंह, टिम एसिया नेपाल प्रालि
ई. समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि
अहमद खान, एप्टेक कम्प्यूटर एजुकेसन प्रालि
संस्थागत सदस्यतर्फ
विश्व राम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि
अरुण वंशल, हाई–टेक ईन्जिनियरिङ्ग प्रालि
उमेश रघुबंशी, ईन्फो डेभलपर्स प्रालि
रणजित कुमार पोद्दार, साथी ट्रेडिङ्ग ईन्टरनेशनल प्रालि
बुद्ध रत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि
सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि
नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालि
व्यक्तिगत आजिवन सदस्यतर्फ
हेमपाल श्रेष्ठ
सुमन लाल प्रधान
ई. अमीत अग्रवाल
व्यक्तिगत सदस्यतर्फ
रेग बहादुर भण्डारी
चन्द्र विलास भुर्तेल
ई. गुण केशरी प्रधान
ई. बसन्त लिङ्गथेप
डा.श्रीधर मरासिनी
रुपेश भक्त श्रेष्ठ
सुष्मा शर्मा
प्रादेशिक सदस्य समुह सदस्यतर्फ
प्रदेश १
ठाकुर कुमार श्रेष्ठ– सुनसरी
भुपेन्द्र मैनाली– झापा
प्रदेश २
जितेन्द्र रौनियार– रौतहट
सरोज बाबु न्यौपाने – सर्लाही
प्रदेश ३
श्यामकल श्रेष्ठ– मकवानपुर
जयराम हुमागाई– काभ्रे
गण्डकी प्रदेश
जगन बहादुर गुरुङ्ग– कास्की
कृष्ण पौडेल(कुमार)– बाग्लुङ्ग
कर्णाली प्रदेशः
पुर्णदेव अधिकारी– सुर्खेत
सुदुर पश्चिम प्रदेशः
मनोहर कुमार श्रेष्ठ– कैलाली
खेमराज ढुङ्गाना– अछाम

लेखा समिति सदस्यतर्फः
राजु कट्टेलः व्यक्तिगत समुहबाट
केशव भट्टराईः संस्थागत समुहबाट
नारायण क्षेत्रीः जिल्ला शाखा समुहबाट

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ५१ बजे

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको