धितोपत्र बजार नेप्से परिसूचक ओरालो « Khabarhub

धितोपत्र बजार नेप्से परिसूचक ओरालो


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक दुई दशमलव १५ विन्दुले घटेर २५३ दशमलव ५२ मा पुगेको छ ।

कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १२ वटै उपसमूहकोे शेयर मूल्य आरोलो लागेको छ । जसमा बंैकिङ ७ दशमलव २३, व्यापार ३ दशमलव ७, होटल ६ दशमलव १२, विकास बैंक १० दशमलव १२, जलविद्युत् १४ दशमलव ५२, वित्त ३ दशमलव ६६, निर्जीवन बीमा १७२ दशमलव ०९, उत्पादन १६ दशमलव ९१, अन्य १४ दशमलव ३२, लघुवित्त १४ दशमलव शून्य चार, जीवन बीमा १३६ दशमलव ५३ र सामूहिक लगानी शून्य दशमलव शून्य दुई विन्दुले घटेको छ ।

नेप्सेका अनुसार भएको कारोवारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ५६ लाख ६० हजार ८२० बराबरको शेयर कारोवार भएको बजारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ३४ लाख ९५ हजार ४३२, एनआइसि एशिया बैंकको रु एक करोड ९५ लाख सात हजार ९०३, नेपाल बैंकको रु एक करोड ४९ लाख ७५ हजार ८६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोवारमा दिव्यश्वरी हाइड्रो ५ दशमलव ४५, युनियन हाइड्रोपावर पाँच, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ४ दशमलव शून्य चार, सामुदायिक लघुवित्त विकास बैंक २ दशमलव ८१ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २ दशमलव ४५ प्रतिशतले कमाए भने हिमालयन पावर पार्टनर लिमिटेड ९ दशमलव ४९, माहुली लघुवित्त वित्तीय संस्था ६ दशमलव २५, राष्ट्रिय बीमा कम्पनी ६ दशमलव १८ र नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेडका शेयरधनीले ५ दशमलव ९३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : १५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने