विदेशीने श्रमिकसँग सीप भएमात्र श्रम स्वीकृति, कम्तीमा ३ महिनाको तालिम अनिवार्य | Khabarhub Khabarhub

विदेशीने श्रमिकसँग सीप भएमात्र श्रम स्वीकृति, कम्तीमा ३ महिनाको तालिम अनिवार्य


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सीप नभएका युवालाई आगामी असार महिनादेखि श्रम स्वीकृति नदिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारमुलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ का आधारमा सीप नभएका युवालाई रोजगारीमा जान श्रम स्वीकृति जारी नगर्ने भएको हो ।

वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि कम्तिमा ३ महिनाको रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति जारी नगर्ने भएको जनाएको छ । असार महिनादेखि वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा सीपमूलक तालिम प्रमाण पत्र ९स्किल सटिफिकेट० अनिवार्य पेश गर्नुपर्ने विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार ऐन २०६४ को नियमअनुसार हातमा सामान्य रोजगारमुलक सीप नभएका युवालाई श्रम स्वीकृति जारी गर्ने भएको हो ।

असारदेखि वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीले श्रम स्वीकृति लिनुअघि आफू कुन काममा जाने हो त्यो सम्बन्धीत कम्तिमा ३ महिनाको अनिवार्य तालिम लिएको हुनुपर्ने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले बताए । वैदेशिक रोजगारीमा धेरै अदक्ष कामदार जाँदा रोजगारदाता देशमा कामदारलाई धेरै समस्यामा पर्ने गरेका कारण तालिम अनिवार्य गर्ने लागिएको उनको भनाइ छ ।

सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै विभागले तालिमलाई अनिवार्य गर्ने लागेको हो ।

तालिमका लागि विभागले हाल तालिम प्रदायक संस्था छनोट गरिरहेका छ । विभागले छनोट गरेका संस्थाले प्रदेश र स्थानीय तहबाट तालिम सञ्चालन गर्ने पाउने छन् ।

तालिम प्रदायक संस्थाका सञ्चालकले कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र सम्बन्धित तालिमको विषयमा कम्तीमा ६ महिनादेखि १ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ ।

तालिम प्रदान गर्न छनोटमा परेका संस्थाले नियमावलीले तोके बमोजिमको धरौटी र अनुमति दस्तुर विभागमा बुझाउनुपर्नेछ । एउटा तालिम प्रदायक संस्थाले एक स्थानीय तहमा बढीमा पाँचवटा विषयमा तालिम संञ्चालन गर्ने पाउने छ । हाउस वायरिङरइलेक्ट्रीसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन सम्बन्धी तालिम , स्टिल फिक्चर्स, हाउस किपिङरक्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर र पलम्बिङलगायतका विधामा तामिल सञ्चालन गर्ने पाउन विभागले जानाएको छ ।

हाल, ७० प्रतिशत अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गइरहेको विभागको तंथ्याकमा उल्लेख छ । यसलाई न्यूनीकरण गर्ने रोजगारीमा जाने कामदारका हकमा अनिवार्य तालिम लागू गर्ने लागिएको हो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : ०५ बजे

भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा– भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र

स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

काठमाडौं– जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान ठप्प

इलाम– इलामको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र आकर्षक

ललितपुर– विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै