कतै तपाईंलाई हर्टअट्याकको जोखिमत छैन ? डा अनिलले दिए आफैं जाँच्ने उपाय « Khabarhub

कतै तपाईंलाई हर्टअट्याकको जोखिमत छैन ? डा अनिलले दिए आफैं जाँच्ने उपाय


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा अहिले मानिसहरुमा मुटुसम्बन्धी समस्याहरु बढीरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, धुमपान मध्यपानका कारणपनि मानिसहरुमा मुटुसम्बन्धी रोगहरु बढिरहेको छ । त्यसमा पनि हृदयघातको जोखिम थप बढिरहेको छ ।

हृदयघातका धेरै कारणहरु हुन्छन् । ती मध्ये प्रमुख १० कारणहरु तल उल्लेख गरिएको छ देखाइएका हुन् । त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART)को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई हृदयघातको खतरा बढी हुन्छ ।

त्यसैगरी पुरुषलाई हृदयघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा हृदयघात कम हुने गरेको पाइन्छ ।

वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज हृदयघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा हृदयघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेकाँही हृदयघातको कारण पत्ता नलाग्न पनि सक्छ ।
लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा हृदयघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् ।

हृदयघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, हृदयघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, हृदयघातको खतरा झन बढी हुन्छ ।

के तपाई धुम्रपान गर्नुहुन्छ ?
के तपाईलाई मधुमेह छ ?
के तपाईलाई उच्च रक्तचाप छ ?
के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई हृदयघात भएको छ ?
के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?

धुम्रपानः धुम्रपानले हृदयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, हृदयघातको खतरा त्यति नै धेरै हुन्छ ।

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट ÷ बिडीको सेवन गरेमा हृदयघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले हृदयघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, हृदयघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

युवा अवस्थामा देखिने हृदयघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले हृदयघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ ।

मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा हृदयघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा हृदयघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई हृदयघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) हृदयघात भएको छ भने, अन्य सदस्यालाई पनि हृदयघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसनले पनि हृदयघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु छन् भने, हृदयघातको खतरा धेरै गुणा बढी हुन्छ ।

यदी तपाईं सँग यस्ता केही जोखिम हरु छन्न र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्टअटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खानपिन , जीवनशैली र वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाय मानिन्छ ।

ओममूर्तिअनिल डटकमबाट

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : ०१ बजे

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४