‘ब्याण्ड बाजा’ बजाएर ‘वीर विक्रम २’ को भव्य प्रिमियर « Khabarhub

‘ब्याण्ड बाजा’ बजाएर ‘वीर विक्रम २’ को भव्य प्रिमियर


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

काठमाडौं – मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । राजधानीको कुमारी हलमा रिलिजको दुई दिनअघि गरिएको प्रिमियरमा फिल्मका शीर्ष कलाकारलाई सम्मानस्वरुप रोयल कार्पेटमा हिँडाइयो । रोयल कार्पेटमा फिल्मका शीर्ष कलाकार पल शाह, वर्षा शिवाकोटी, बुद्धि तामाङ र नाजिर हुसेन मुख्य आकर्षण बने ।

प्रिमियरमा ब्याण्ड बाजा बजाएर कलाकारको इन्ट्री गराइएको थियो ।

तस्वीर – आर्यन बिमली

साँझ साढे ६ बजे नै शुरु गरिने भनिएको प्रिमियर निर्धारित समयभन्दा केही ढिलो शुरु भएको थियो । प्रिमियरमा सीमित कलाकारलाई आमन्त्रण गरिएको थियो । यस्तै पत्रकार तथा कलाकारले ‘वीर विक्रम २’ हेरेका थिए । प्रिमियरमा निर्माण टिमका बाहेक अभिनेता भुवन केसी, शिव श्रेष्ठ,  नायिका अनु शाह, शिल्पा मास्के, कुञ्जना घिमिरे, कलाकार सन्दीप क्षेत्री भारतीय टिभी शो डीआईडीकी च्याम्पियन तेरिया मगर लगायत उपस्थित थिए ।

तस्वीर – आर्यन बिमली

फिल्म हेरिसकेपछि अतिथि कलाकारले फिल्मको तारिफ गरे । कलाकारले फिल्मले मन छोएको प्रतिक्रिया दिए । मुस्ताङका हिमाली भेगमा खिचिएका दृश्यले आफ्नो मन छोएको प्रतिक्रिया दिएका थिए । नायिका शिल्पा मास्केले फिल्म मन परेको बताइन् । उनले पूरै फिल्म राम्रो मनोरञ्जनमूलक भएको बताइन् ।

तस्वीर – आर्यन बिमली

यस्तै अभिनेता शिव श्रेष्ठले धेरै वर्षपछि राम्रो फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । ‘यो फिल्मले मन छोयो, कलाकारको अभिनयले मलाई निकै छोयो,’ श्रेष्ठले भने । यस्तै भुवन केसीले पनि फिल्मले आफूले मन परेको भन्दै निर्देशक चाम्सलाई बधाई दिए । उनले हरेक कलाकारको काम निकै मन परेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ ।’

फिल्मले नेपाली दर्शक मन पराउने आम दर्शकलाई मन पराउने आशा गरिएको छ । फिल्म हेरेका दर्शकले कलाकार बुद्धि तामाङको खुलेर तारिफ गरेका थिए । उनको भूमिका अन्य फिल्ममा भन्दा फरक छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : १५ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए