निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी ! « Khabarhub

निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी !


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन्। विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन्।

उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन्। आफूखुसी बिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णयको अभिभावक महासंघले विरोध गरेको नयाँ पत्रिकामा खबर छ।

जोरपाटीको कान्तिपुर एकेडेमीका सञ्चालक गुरुङको ३० असारमा निधन भएको थियो। काठमाडौँ प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन अध्यक्ष विष्णुप्रसाद पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार अन्य शिक्षालयहरूमा समेत शोक विदा दिन आव्हान गरेका छन्।

तर, उनको निधनप्रति विद्यालय बन्द गरेर भन्दा अन्य तरिकाले शोक व्यक्त गरेको भए राम्रो हुने प्रतिक्रिया कतिपयले दिएका छन्। काठमाडौंका एक हजार भन्दा बढी निजी विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन्।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले शोक मनाउन दिएको बिदा आन्तरिक बिदामा मिलाउने बताए। निजी विद्यालयमा बिदाको विषयमा एकरुपता ल्याउन आचारसंहिता बनाउने विषयमा छलफल भएको बताए। शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शोक मनाउने चलन रहेपनि बिदा दिएको पढाइको दिनको क्षतिपूर्ति हुनुपर्ने बताए। संस्थागत निर्णय गरेर बिदा दिनु नयाँ अभ्यास नभएको बताए।

त्यस्तै पत्रिकाले सातै प्रदेशका प्रहरी प्रमुख फेरिए शीर्षकमा अर्को समाचार छापेको छ । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो।

गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा छ। प्रदेश २, ५, कर्र्णाली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ।

प्रदेश ३ मा सरुवा हुँदा डिआइजी शेरबहादुर बस्नेतले दोस्रोपटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन्। प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिनामै उनको सरुवा भएको थियो। केही समय विमानस्थल प्रहरीको समेत नेतृत्व सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए।

त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ। प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन्।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ४७ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका