७ सय जडिबुटीको भण्डारण क्षेत्रमा उठ्नै नसक्ने गरी थला पर्यो आयुर्वेद औषधालय « Khabarhub

७ सय जडिबुटीको भण्डारण क्षेत्रमा उठ्नै नसक्ने गरी थला पर्यो आयुर्वेद औषधालय


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्ट दैनिकले ‘३ दशकपछि बृहत् जलाशययुक्त आयोजना’ शीर्षकमा विद्युत प्राधिकरणले निर्माण थालेको दुई वटा जल विद्युत आयोजनाको समाचारलाइ मुख्य समाचारका रुपमा छापेको छ ।

प्राधिकरणले माथिल्लो अरुण (१०६०) र दूधकोसी (६३५) मेगावाटको जलविद्युत आयोजनाको काम थालेको हो । यी आयोजना सम्पन्न भएपछि मुलुकमा कहिल्यै लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र दूधकोसीको प्राकृतिक विशेषता अत्यन्त आकर्षक रहेकाले दाताहरु उत्साहित रहेको जनाएका छन् ।

यसैगरी पत्रिकाले जताततै असन्तुष्टि शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुई तिहाइ नेतृत्वको पसरकार अलोकतान्त्रिक बाटोमा जान खोजको भन्दै आन्दोलन शुरु भएको छ ।

गुठीया र पत्रकार चरणबद्ध आन्दोलनमा छन् । अधिकारकर्मी र युवाहरुको भिन्नै आन्दोल शुरु भएको छ भने केन्द्रसँग प्रदेश सरकार असन्तुष्ट रहको र प्रतिपक्षी झनै रुष्ट रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले तयारीबिनाको यूरोप यात्रा शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोप भ्रमणको समाचारलाई ‘समाचार टिप्पणी’का रुपमा पहिलो पृष्ठमा छापेको छ ।

प्रधानमन्त्री केपी ओली नौ दिने युरोप यात्रा पूरा गरेर आइतबार स्वदेश फर्किंदै छन् । परराष्ट्र मन्त्रालयले पर्याप्त तयारी नगरे पनि प्रधानमन्त्री ओलीले भ्रमण सम्पन्न गरेका छन् । भ्रमणतालिका निकै व्यस्त हुने गरी तय गरिएको थियो । यो भ्रमण नेपालका पुराना दुई हस्ती मुलुक बेलायत र फ्रान्ससँगको सम्बन्धमा नयाँ आयाम थपिएको सरकारी दाबी छ ।

त्यसैगरी पत्रिकाले औषधालय आफै थलियो शीर्षकमा जुम्लाको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । कर्णाली भन्नेबित्तिकै भौगोलिक विकटता र भौतिक पूर्वाधार अभाव अगाडि आइहाल्छ ।

यहाँ अभाव मात्र छैन, सम्पन्नता पनि छ । त्यो हो बहुमुल्य जडिबुटी । यार्सागुम्बा, जटामसी, चिराइतो, सतुवा, रातो च्याउ लगायत साँढे सात सयभन्दा बढी बहुमूल्य जडिबुटीको भणरण हो कर्णाली । तिनै जडिबुटीको सदुपयोग हुन नसक्दा एकमात्र कर्णाली आयुर्वेद औषधालय उठ्नै नसक्ने गरी थला परेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५५ बजे

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले