भुटानी लिग खेल्ने अवसर पाएका पुजा र अञ्जनाको एकै स्वर–‘प्राउड फिल’ भइरहेको छ « Khabarhub

भुटानी लिग खेल्ने अवसर पाएका पुजा र अञ्जनाको एकै स्वर–‘प्राउड फिल’ भइरहेको छ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानको शीर्ष स्तरको महिला फुटबल लिग खेल्ने निम्तो पाएका नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी द्वयले विदेशी लिग खेल्न जान पाउँदा खुसी लागेको बताएका छन् ।

राष्ट्रिय महिला टोलीका महत्त्वपूर्ण दुई खेलाडी पूजा राना र अञ्जना राना मगरले विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताए । अञ्जना र पुजाले भु‍टानकाे सनराइज फुटबल क्लबबा‍ट खेल्न लागेका हुन् ।

‘हामीले भुटानमा खेल्न पाउँदा खुसी लागेकाे छ । भुटानमा खेल्दा क्लबका लागि राम्रो खेल्दै नेपालको पनि गौरव बढाउछौं,’ खबरहबसँग बोल्दै पुजा रानाले भनिन् । केही समय अगाडिमात्रै नेपाली राष्ट्रिय महिला टोलीकी स्टाइगर सावित्रा भण्डारी र अनिता बस्नेतले भारतको हिरो महिला लिग खेलेका थिए ।

सावित्रा र अनिता पछि पुजा र अञ्जना विदेशी लिग खेल्न लागेका हुन् । भुटानको सनराइज क्लबमा आवद्ध भएका उनीहरु केही दिनभित्रै भुटान जाने तयारी गरिरहेका छन् । यसअघि यु–१९ राष्ट्रिय टोलीबाट भुटानमा भएको महिला साफ खेल्न जाँदा क्लबले उनीहरुको प्रदर्शन देखेपछि टोलीमा आवद्ध गरेको हो ।

अञ्जना राष्ट्रिय टोलीकि गोलकिपर हुन् भने पुजा डिफेन्डर हुन् ।

अघिल्लो सिजनको उपविजेता टोली सनराइजका लागि राम्रो खेल्दै टोलीलाई उपाधि दिलाउनु आफुहरुको लक्ष्य रहेको उनीहरुले बताए  ।

त्रिभुवन आर्मी क्लबका खेलाडी द्वय अहिले जारी उप मेयर कप महिला फुटबलमा बाँसबारी क्लबबाट खेलिरहेका छन् । झण्डै एक महिना चल्ले प्रतियोगिता खेल्न पाउँदा आफुहश्रका लागि पनि राम्रो अनुभव हुने अञ्जनाले बताइन् ।

भुटानी लिग जुलाई १२ देखि अगस्ट २८ सम्म चल्नेछ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : ४० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले