कम्युनिस्ट नेताबाटै सरकारको आलोचना, १ वर्षमा केही गर्न नसकेको आरोप « Khabarhub

कम्युनिस्ट नेताबाटै सरकारको आलोचना, १ वर्षमा केही गर्न नसकेको आरोप


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको बताएका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले भने, “दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।”

नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न नसकेको बताए । उनले भ्रष्टाचारको इपिसेन्टर सिंहदरबारबाट स्थानीय निकायमा सरेको आरोप लगाए ।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले महङ्गी बढाएको, सुन तस्करलाई उन्मुक्ति दिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा माफियाकरण गरेको आरोप लगाए । शान्ति, सुरक्षाको अवस्था चिन्ताजनक भएको बताउँदै गजुरेलले संविधानमा जनताको आवाज नसमेटेकाले संविधानलाई जरैदेखि उखेल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारको एकवर्षे कार्यकाल अलोकप्रिय भए पनि घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको दाबी गरे । सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको चर्चा गर्दै उनले मजदुरको ज्याला ३९ प्रतिशत वृद्धि गरेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ४२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव