कम्युनिस्ट नेताबाटै सरकारको आलोचना, १ वर्षमा केही गर्न नसकेको आरोप « Khabarhub

कम्युनिस्ट नेताबाटै सरकारको आलोचना, १ वर्षमा केही गर्न नसकेको आरोप


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको बताएका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले भने, “दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।”

नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न नसकेको बताए । उनले भ्रष्टाचारको इपिसेन्टर सिंहदरबारबाट स्थानीय निकायमा सरेको आरोप लगाए ।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले महङ्गी बढाएको, सुन तस्करलाई उन्मुक्ति दिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा माफियाकरण गरेको आरोप लगाए । शान्ति, सुरक्षाको अवस्था चिन्ताजनक भएको बताउँदै गजुरेलले संविधानमा जनताको आवाज नसमेटेकाले संविधानलाई जरैदेखि उखेल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारको एकवर्षे कार्यकाल अलोकप्रिय भए पनि घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको दाबी गरे । सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको चर्चा गर्दै उनले मजदुरको ज्याला ३९ प्रतिशत वृद्धि गरेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ४२ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच