‘मारुनी’ को कथा दर्शकलाई नौलो लाग्नेछ: निर्देशक « Khabarhub

‘मारुनी’ को कथा दर्शकलाई नौलो लाग्नेछ: निर्देशक


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रर्दशनका क्रममा रहेको चलचित्र ‘मारुनी’ ले निर्देशन नवल नेपाललाई व्यस्त बनाइदिएको छ । उनले यसअघि निर्देशन गरेको चलचित्र ‘मंगलम्’ व्यावसायिक रुपमा खासै सफल नभए पनि समीक्षात्मक रुपमा चर्चा पायो । यो फिल्मबाट निर्देशक नवल नेपालले पनि राम्रै तारिफ बटुले ।

नेपाल निर्देशित ‘मारुनी’ मा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । निर्देशक नेपाल यो फिल्म अन्य फिल्मभन्दा फरक रहेको बताउँछन् ।

खबरहबसँगको कुराकानीमा नेपालले भने, ‘प्रेमकथा मन पराउने दर्शकका लागि यो फिल्म विशेष बनोस् भनेर हामीले त्यही अनुसार ट्रिट गरेका छौँ । फिल्म दर्शकले मन पराउनेमा विश्वस्त छौँ ।’

उनका अनुसार यो फिल्म त्रिकोणात्मक कथामा आधारित फिल्म हो । निर्देशक भने फिल्मलाई त्रिकोणात्मक कथामा आधारित भनिए पनि ट्वीस्टका कारण दर्शकलाई फरक र नौलो लाग्ने बताउँछन् । फिल्मको कथालाई दर्शकले मन पराउने  उनको दाबी छ ।

रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेको फिल्ममा पुनम गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । निर्देशक नेपाललाई फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।

मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको यो फिल्म आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : ४६ बजे

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

काठमाडौं– साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

एजेन्सी– पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्ब

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन– रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक