संघीयता कार्यान्वयन नमूना–मन्त्री पण्डित | Khabarhub Khabarhub

संघीयता कार्यान्वयन नमूना–मन्त्री पण्डित


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा संघीयताको कार्यान्वयन संसारकै नमूना भएको बताएका छन् ।

कानूनको निर्माण र सङ्गठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा नै व्यवस्थापन गर्न सकेकाले नेपालमा सङघीयताको कार्यान्वयन सफल भएको उनको दाबी थियो ।

बागलुङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा आएका केही समस्याबाहेक संघीयताको कार्यान्वयनका लागि गरिएका सबै प्रयास सफल भएको दाबी गरे ।

अहिले प्रशासनिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजामती ऐन ल्याउन लागिएको उनको भनाइ थियो । उनले भने, “एक साता भित्रमै निजामती विधेयक संसद्मा पेश हुने र पारित भए लगत्तै प्रदेश तहमा सोही ऐन बनाएर प्रशानिक क्षेत्रमा रहेको समस्याको समाधान खोजीनेछ ।”

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ०५ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी