ज्यान मुद्दामा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी | Khabarhub Khabarhub

ज्यान मुद्दामा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।

गुरुङको नाममा जारी भएको पक्राउ पुर्जी गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बुझेका थिए ।

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए ।

सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।

काठमाडौं जिल्ला अदालतको पेशी विवरण

सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो ।

त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । गुरुङ मंसिर ०७४ मा दोलखाबाट संघीय संसद्‍मा सबैभन्दा धेरै मत पाएर विजयी भएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर