भ्रमण वर्षलाई लक्षित गरी नयाँ हिमालमा आरोहणको अनुमति दिइने « Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी नयाँ हिमालमा आरोहणको अनुमति दिइने


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएका छन् ।

शनिबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताए ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरु गर्न निर्देशन दिएको जानकारी गराउँदै उनले भने, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, देशभित्र र बाहिर सबैतिर तयारीका लागि पत्राचारसमेत गरिसकिएको छ ।” चालीस देशमा रहेका दूतावासमार्फत भ्रमण वर्षको प्रचार–प्रसारको काम भइरहेको उनले जानकारी दिए ।

भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, व्यवसायीबाट आकर्षक कार्यक्रम घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्नेलगायतका काम भइरहेका उनले बताए ।

हिमाल आरोहणका लागि आउने पर्यटकका लागि सरकारले बीमा अनिवार्य गराउने, उद्धारका लागि सहज बनाउने, पथप्रदर्शक अनिवार्य लिएर हिँड्नुपर्नेजस्ता नियम बनाएको उनले जानकारी दिए ।

सन् २०२० को जनवरीमा सात प्रदेश र केन्द्रमा भव्यरूपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दूतावासमा जनवरी ७ तारिखमा शुभारम्भ गर्ने तयारीका साथ सरकार अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको बताए । विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको उनले जानकारी दिए ।

नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको उनको भनाइ थियो । नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया शुरु हुने उनले विश्वास व्यक्त गर्नुभयो । उनले भने, “सेना तयार छ, उचित स्थान तय भएसँगै उहाँहरु सर्नुहुन्छ, अनि काम शुरु हुन्छ ।”

भरतपुर विमानस्थलसँगैको सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थलको स्तरोन्नति गर्ने विषयमा छलफल चलिरहेको छ । विमानस्थलको स्तरोन्नतिसँगै यस क्षेत्रमा बनेका संरचना मापदण्डमा झारिने उनको भनाइ थियो । उनले भने, “बन्दै गरेका संरचना मादण्डअनुसार बन्नुपर्‍यो, बनिसकेकाको पुनःसंरचना हुनुपर्‍यो ।”

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ५८ बजे

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले