टिकटकले उछिन्यो अन्य सामाजिक सञ्जाललाई, डाउनलोड संख्या डेढ अर्ब « Khabarhub

टिकटकले उछिन्यो अन्य सामाजिक सञ्जाललाई, डाउनलोड संख्या डेढ अर्ब


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – छोटो भिडियो सेयरिङ तथा क्रिएटिङ एप टिकटकले डाउनलोडमा अन्य सामाजिक सञ्जाललाई पछि पारेको छ । चर्चित एप टिकटकको डाउलोड संख्या डेढ अर्ब नाघेको छ ।

गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट गरी सो संख्यामा टिकटक डाउनलोड भएको हो ।

गत फेब्रुअरीमा मात्रै यो एपको डाउनलोड संख्याले एक अर्ब पार गरेको थियो । सेन्सर टावरले प्रकाशित गरेको रिपोर्टअनुसार पछिल्लो नौ महिनामा मात्रै ५० करोड पटक डाउनलोड भएको यो एप यस वर्षमा कूल ६१ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । टिकटकभन्दा धेरै डाउलोड हुने एपहरुमा यसवर्ष केवल ह्वाट्स एप (७० करोड ७४ लाख) र म्यासेन्जर ६३ करोड २० लाख) रहेका छन् । तर, यस अवधिमा ५८ करोड ७० लाख डाउनलोड सहित फेसबुक चौथो र ३७ करोड ६२ लाख डाउनलोड सहित इन्स्टाग्राम पाँचौ स्थानमा रहे ।

कम्पनीले विश्वव्यापी रुपमा कयौं परिवर्तनहरु ल्याइरहेको छ । बायोमा यूआरएल राख्न अनुमति दिनेगरी सोसियल कमर्स फिचरको परीक्षण गरिरहेको छ । गत महिना मात्रै भारतमा एडुटक नामक ई–लर्निङ कार्यक्रम सुरु गरेको टिकटकले युरोप र अमेरिकामा राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाएको थियो ।

यसै साताको सुरुवातमा फेसबुकले इन्स्टाग्राम स्टोरीमा टिकटक जस्तै फिचर भएको ‘रिल्स’ नामक फिचर ब्राजिलबाट सुरु गरेको छ । टिकटकलाई निकै ठूलो चुनौतिको रुपमा लिएको सामाजिक सञ्जाल फेसबुकले उछिन्ने अनेक जुक्ती खोजिरहेको छ । तर, टिकटकलाई जित्ने कुनै उपाय फेसबुकले अहिलेसम्म भेटेको भने छैन ।

टिकटकको कुल डाउनलोडमा भारतबाट मात्रै ४६ करोड ६८ लाख छ । जब कि टिकटक एप बनेको देश चीनमा भने १७ करोड ३२ लाख मात्रै छ । तेश्रो स्थानमा रहेको अमेरिकामा यो एपको डाउनलोड १२ करोड ३८ लाख रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : ०१ बजे

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई