टिकटकले उछिन्यो अन्य सामाजिक सञ्जाललाई, डाउनलोड संख्या डेढ अर्ब « Khabarhub

टिकटकले उछिन्यो अन्य सामाजिक सञ्जाललाई, डाउनलोड संख्या डेढ अर्ब


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – छोटो भिडियो सेयरिङ तथा क्रिएटिङ एप टिकटकले डाउनलोडमा अन्य सामाजिक सञ्जाललाई पछि पारेको छ । चर्चित एप टिकटकको डाउलोड संख्या डेढ अर्ब नाघेको छ ।

गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट गरी सो संख्यामा टिकटक डाउनलोड भएको हो ।

गत फेब्रुअरीमा मात्रै यो एपको डाउनलोड संख्याले एक अर्ब पार गरेको थियो । सेन्सर टावरले प्रकाशित गरेको रिपोर्टअनुसार पछिल्लो नौ महिनामा मात्रै ५० करोड पटक डाउनलोड भएको यो एप यस वर्षमा कूल ६१ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । टिकटकभन्दा धेरै डाउलोड हुने एपहरुमा यसवर्ष केवल ह्वाट्स एप (७० करोड ७४ लाख) र म्यासेन्जर ६३ करोड २० लाख) रहेका छन् । तर, यस अवधिमा ५८ करोड ७० लाख डाउनलोड सहित फेसबुक चौथो र ३७ करोड ६२ लाख डाउनलोड सहित इन्स्टाग्राम पाँचौ स्थानमा रहे ।

कम्पनीले विश्वव्यापी रुपमा कयौं परिवर्तनहरु ल्याइरहेको छ । बायोमा यूआरएल राख्न अनुमति दिनेगरी सोसियल कमर्स फिचरको परीक्षण गरिरहेको छ । गत महिना मात्रै भारतमा एडुटक नामक ई–लर्निङ कार्यक्रम सुरु गरेको टिकटकले युरोप र अमेरिकामा राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाएको थियो ।

यसै साताको सुरुवातमा फेसबुकले इन्स्टाग्राम स्टोरीमा टिकटक जस्तै फिचर भएको ‘रिल्स’ नामक फिचर ब्राजिलबाट सुरु गरेको छ । टिकटकलाई निकै ठूलो चुनौतिको रुपमा लिएको सामाजिक सञ्जाल फेसबुकले उछिन्ने अनेक जुक्ती खोजिरहेको छ । तर, टिकटकलाई जित्ने कुनै उपाय फेसबुकले अहिलेसम्म भेटेको भने छैन ।

टिकटकको कुल डाउनलोडमा भारतबाट मात्रै ४६ करोड ६८ लाख छ । जब कि टिकटक एप बनेको देश चीनमा भने १७ करोड ३२ लाख मात्रै छ । तेश्रो स्थानमा रहेको अमेरिकामा यो एपको डाउनलोड १२ करोड ३८ लाख रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : ०१ बजे

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत