वडाको काम पनि गाउँपालिकाबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सास्ती « Khabarhub

वडाको काम पनि गाउँपालिकाबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सास्ती


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिकाका नौ वटा वडाको काम गाउँपालिकाको कार्यालयबाट सञ्चालन हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

वडा कार्यालय सञ्चालनका लागि दरबन्दीअनुसार वडा सचिव तथा कर्मचारीको अभावमा पछिल्लो चार महिनादेखि नौ वटा वडा कार्यालयको काम दुई जना सचिवले हेर्नु पर्ने बाध्यताका कारण सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

वडा नं. ४ की ७० वर्षीया रेश्मा सेनले आफ्नो नातिको जन्मदर्ता लिन वडा कार्यालय जाँदा सचिव नभएकाले दुई घण्टाको बाटो हिँडेर गाउँपालिकाको कार्यालय धाउनु परेको गुनासो पोखिन् ।

वडा कार्यालय जाँदा पछिल्लो चार महिनादेखि वडा सचिव गाउँपालिकाको कार्यालयमा बस्ने गरेको जानकारी पाएकाले सचिव खोज्दै आएको उनले बताइन् । ‘नातिको जन्मदर्ता प्रमाणपत्रका लागि वडा कार्यालय पुगेकी थिएँ’ उनले दुखेसो पोख्दै भनिन्, ‘सचिव गाउँपालिकाको कार्यालयमा बस्ने भएकाले उतै जान भनियो ।’

दुई घण्टाको बाटो हिँडेर आएकी उनले उक्त दिन पनि सचिवलाई गाउँपालिकाको कार्यालयमा भने फेला परिनन् । जसका कारण उनी रित्तै फर्कनु प¥यो । गाउँपालिका कार्यालयले काम विशेषले सचिव अर्को वडा कार्यालयमा गएको जानकारी गराएको थियो ।

वडा कार्यालयमै प्राप्त गर्न सकिने सेवाका लागि गाउँपालिकासम्म धाउँदा पनि दुई दिन लाग्ने भएपछि उनले दुखेसो पोख्दै भनिन्, ‘गाउँ गाउँमा सिंहदरबार भन्ने सरकारको नारा एउटा कागज लिन पनि दुई दिन लाग्ने कस्तो जमाना हो ?’

सेनमात्रै नभइ गाउँपालिकामा वडा सचिवको अभाव हुँदा सबै वडाबासीले यस्तै पीडा भोग्नु परिरहेको छ । घण्टौँ हिँडेर गाउँपालिका कार्यालय धाउनु पर्ने भएपछि टाढा घर भएकाहरुलाई बासै बस्नु पर्ने बाध्यता रहेको छ ।

यता, सचिवहरुले भने एक जना सचिवले ५ वटा वडा कार्यालयको काम सम्हाल्नु परेको बताएका छन् । प्रत्येक वडामा जान सम्भावना नभएकाले गाउँपालिकाको कार्यालयमै बसेर काम गर्नु परेको उनीहरुले बताए ।

यसैबीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिर्कत चिरञ्जीवी जिएमले भने कर्मचारी समायोजनका कारण वडामा सचिवहरुको अभाव भएको बताए । गाउँपालिकाको वडाका लागि सरकारसँग आवश्यक कर्मचारीको माग गरेकाले यो समस्या छिट्टै समाधान हुने उनले बताए ।

-एलबी मगर

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै