बैंकिङ क्षेत्रबारे अझै सर्वसाधारण सचेत हुन सकेनन् : गर्भनर नेपाल | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रबारे अझै सर्वसाधारण सचेत हुन सकेनन् : गर्भनर नेपाल


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकिङ विषयबारे अझै पनि चेतनास्तर वृद्धि हुन नसकेको बताएका छन् ।

काठमाडौंमा सुरु भएको तेस्रो बैंकिङ एक्स्पो २०१९ को आइतबार उद्घाटन गर्दै गर्भनर नेपालले मानिसहरुमा अझै पनि नोटबारे आवश्यक जानकारी नहुँदा उचित किसिमले सुरक्षा र उपयोग समेत गर्न नसकिएको बताएका हुन । यस्तो एक्सपोले जनचेतना बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कायम मुकायम अध्यक्ष्य परिष्ठनाथ पौडेलले धितोपत्र बोर्डले अब सबै बिमा कम्पनीहरुले आफैले सामुहिक लगानी कोष राख्न पाउने गरि नियमावली बनाइसकेको जानकारी दिए ।

भित्री कारोबार निरुत्साहित गर्न समेत बोर्डले काम गरिरहेको उनले उल्लेख गरे ।

नेपाल बैंकर्स एसोसियसनका सदस्य अशोक शेरचनले पछिल्लो समय ह्याकिङको समस्या बढ्दो रहनु चिन्ताको विषय रहेको र यसका लागि ग्राहकहरु पनि उत्तिकै सचेत हुनुपर्ने बताए ।

बैंक, बिमा र पुँजी बजारको बारेमा जानकारी दिने उद्देश्यले दुई दिने एक्स्पो गरिएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : १५ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन