सीमा समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यकः नेता सिटौला « Khabarhub

सीमा समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यकः नेता सिटौला


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् ।

उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए । उपनिर्वाचनलाई लक्षित गरी बागलुङ आएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले सीमा समाधानको विषय समाधानका लागि सरकारलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे ।

बागलुङका बडिगाड गाउँपालिका–२ मा हुन लागेको उपनिर्वाचनलाई लाक्षित गरी खर्वाङ आएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकाले आचारसंहिता भित्र रही सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भएको भन्दै सिङ्गो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचनमा सबै खटेर परिणाम आफ्नो पक्षमा पार्न आग्रहसमेत गरे ।

सो वडाका अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

कार्यक्रममा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद टेकबहादुर घर्तीको गत वर्ष निधन भएपछि उक्त क्षेत्रमा समेत निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गरी केन्द्रीय नेता बागलुङ आउनेक्रम जारी छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : ५५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका