सीमा समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यकः नेता सिटौला « Khabarhub

सीमा समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यकः नेता सिटौला


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् ।

उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए । उपनिर्वाचनलाई लक्षित गरी बागलुङ आएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले सीमा समाधानको विषय समाधानका लागि सरकारलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे ।

बागलुङका बडिगाड गाउँपालिका–२ मा हुन लागेको उपनिर्वाचनलाई लाक्षित गरी खर्वाङ आएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकाले आचारसंहिता भित्र रही सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भएको भन्दै सिङ्गो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचनमा सबै खटेर परिणाम आफ्नो पक्षमा पार्न आग्रहसमेत गरे ।

सो वडाका अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

कार्यक्रममा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद टेकबहादुर घर्तीको गत वर्ष निधन भएपछि उक्त क्षेत्रमा समेत निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गरी केन्द्रीय नेता बागलुङ आउनेक्रम जारी छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : ५५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते