आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको सरुवा « Khabarhub

आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको सरुवा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रौतहट- जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।

रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा गरिएको छ ।

आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो ।

आलमको विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।

यस्तै आलमलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकालसमेत रौतहटबाट शुक्रबार राति नै काठमाडौं आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ५० बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको