पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन « Khabarhub

पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिका वर्षको पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

महालेखा परीक्षकको कार्यलयका अनुसार पहिलो आर्थिक वर्षको मंसिर मसान्तसम्म ३ खर्ब १७ अर्ब ९४ करोड राजस्व संकलन भएको हाे ।

सरकारले चालु आर्थिक बर्षका लागि ११ खर्ब १२ अर्ब ३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो ।

तथ्याङ्क हेर्दा सरकारको लक्ष्यभन्दा ८५ अर्ब कम राजस्व संकलन गरेको देखिएको छ । यो समयमा सरकारले करमार्फत २ खर्ब ८५ अर्ब राजस्व संकलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २८.६० प्रतिशत हो ।

गैरकर राजस्व भने १९.५९ प्रतिशत अर्थात १९ अर्ब राजस्व संकलन गरेको छ । सरकारले आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा विनियोजित बजेटको १७.९६ प्रतिशत मात्रै खर्च गरेको छ ।

महालेखा नियन्त्रकको कार्यलयका अनुसार सरकारले मंसिर मसान्तसम्म जम्मा २ खर्ब ९६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको हो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : २७ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा