सडक प्रयोगकर्ताले जान्नैपर्ने नियम, कुन कसुरमा कस्तो सजाय ? « Khabarhub

सडक प्रयोगकर्ताले जान्नैपर्ने नियम, कुन कसुरमा कस्तो सजाय ?


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– के तपाई ‘नो पार्किङ’ लेखिएका क्षेत्रमा सवारीसाधन छोडेर हिड्नुभएको छ ? या सवारी चालक अनुमतिपत्र नलिइ सडकमा सवारी हुइक्याइरहनु भएको छ ?

तपाइलाई ट्राफिक प्रहरीले निगरानी गरिरहेको छ, झुकिएर पनि यो गल्ती नगर्नुस् । महानगरीय ट्राफिक महाशाखाले त्यस्ता सवारी चालकहरुलाई कारवाही सहित जरिवाना लिइरहेको छ ।

ट्राफिक प्रहरीले  सडकका प्रत्येक चोकमा बसेर या सीसी क्यामेराको निगरानीबाट नियमको पालना नगर्नेलाई महाशाखाको कार्यालय ‘बग्गीखाना’ मै बोलाएर कारवाही गर्ने गरेको छ ।

कस्तो गल्तीमा के सजाय ?

यातयात व्यवस्था कार्यालय मार्फत जरिवाना हुने कसुरहरु-

  • सवारीको स्वरुप परिवर्तन वा मोडिफाई गरेको ।
  • वास्तविक नम्बर प्लेट नराखी आफू खुसी नम्बर राखी चलाएको वा चलाउन लगाएको ।
  • प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कशप सञ्चालन गर्न अनुमति लिनुपर्ने ।
  • निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएमा एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना ।
  • १ हजारदेखि १५ सयसम्मका जरिवाना हुने कसुरहरु
  • दर्ता नगरी सवारी चलाएमा ।
  • विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाएमा ।
  • बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातयात सेवा सञ्चालन गरेमा ।

१ हजार जरिवाना हुने कसुरहरु

  • सवारी चालक अनुमति पात्र नगरी सवारी चलाएको ।
  • सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसमान वा सवारी राखेको/चलाएको ।
  • दुर्घटनामा परेको सवारी वा यात्रीको हानी नोक्सानी पु¥याएको/सम्पर्कमा नआएको
  • मादक पदार्थ सेवन गरी सवारी चलाएको ।
  • सवारी चालक अनुमतिपत्र नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।
  • सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाएको ।

५ सयदेखि १५ सयसम्म जरिवाना हुने कसुरहरुः

  • ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।
  • सवारी अड्याउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा ।
  • सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी संकेत दिएको ।
  • सडकमा गलत साइड तर्फबाट सवारी चलाएको ।
  • एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको ।
  • अवस्था ठिक नभएको सवारी चलाएको ।
  • राती बत्ती नबालि सवारी चलाएको ।
  • सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।
  • नम्बर प्लेट नराखी सवारी चलाएको ।
  • पेटी नबाधी वा हेल्मट नलगाई सवारी चलाएको ।
  • सार्वजनिक सवारीले चालकले यात्री लिन इन्कार गरेको ।
  • लापरवाहीका साथ सवारी चलाएको ।
  • जथाभावी रुपमा हर्न बजाएमा ।
  • सवारी चालक अनुमति पत्र, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।
  • सवारी वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।

२ सयदेखि १ हजारसम्म जरिवाना हुने कसुरहरु

  • यात्रुबाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा ।
  • सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।
  • खतरापुर्ण मालसामानहरु धुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा ।
  • पैदल हिड्ने मानिसहरुले निर्धारित स्थानबाट बाटो नकाटी अन्यत्र बाटो काटेमा ।
  • यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्र लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी सवारी चलाएमा ।
  • लामो दूरीमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा ।
  • गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाउमा ।
  • तोकिएको ढाँचाअनुसार टिकट जारी नगरेमा ।
  • सवारीको अन्य भागमा यात्रुलाई राखेमा ।
  • पटके बाटो इजाजत नलिइ सवारी चलाएमा ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : ३४ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको