कुर्दिस कारबाही : ६० हजार बढीले छाडे बाघुज शहर « Khabarhub

कुर्दिस कारबाही : ६० हजार बढीले छाडे बाघुज शहर


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको फौजले सिरियाको डिएर एजजोर प्रान्तस्थित बाघुज शहरमा आक्रमण शुरु गरेयता ६० हजारभन्दा धेरै मानिसहरुले सो क्षेत्र छाडेका छन् । आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढ मानिएको सो क्षेत्रमा कुर्दिस लडाकूले गरेको कारबाहीपछि उनीहरु सुरक्षित स्थान खोज्दै बाहिरिएका हुन् ।

बाघुज शहरमा इस्लामिक स्टटेको अन्तिम गढमा दुई महिनाअघि सिरियाली कुर्दिस लडाकु समूह वाईपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफका फौजले कारबाही जारी राखेको छ ।

बाघुज शहरबाट बाहिरिनेमध्ये ५ हजारभन्दा धेरै इस्लामिक स्टेटका लडाकु रहेको जनाइएको छ । गत जनवरी ९ मा एसडीएफले इस्लामिक स्टेटको अन्ति गढमा बाघुज शहरमा आक्रमण शुरु गरेयता इस्लामिक स्टेटका १३ सय ६ इस्लामिक स्टेटका लडाकु मारिएको तथा एसडीएफतर्फ ८२ एसडीएफ लडाकु मारिएको एसडीएफका कमाण्डरले जनाएका छन् ।

यता संयुक्त राष्टसंघले भने बाघुज शहरको नजिकै रहेका शरणार्थी शिविरमा ९० प्रतिशत महिला तथा बालबालिका सहित ६७ हजार मानिसहरु रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ५७ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका