कुर्दिस कारबाही : ६० हजार बढीले छाडे बाघुज शहर « Khabarhub

कुर्दिस कारबाही : ६० हजार बढीले छाडे बाघुज शहर


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको फौजले सिरियाको डिएर एजजोर प्रान्तस्थित बाघुज शहरमा आक्रमण शुरु गरेयता ६० हजारभन्दा धेरै मानिसहरुले सो क्षेत्र छाडेका छन् । आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढ मानिएको सो क्षेत्रमा कुर्दिस लडाकूले गरेको कारबाहीपछि उनीहरु सुरक्षित स्थान खोज्दै बाहिरिएका हुन् ।

बाघुज शहरमा इस्लामिक स्टटेको अन्तिम गढमा दुई महिनाअघि सिरियाली कुर्दिस लडाकु समूह वाईपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफका फौजले कारबाही जारी राखेको छ ।

बाघुज शहरबाट बाहिरिनेमध्ये ५ हजारभन्दा धेरै इस्लामिक स्टेटका लडाकु रहेको जनाइएको छ । गत जनवरी ९ मा एसडीएफले इस्लामिक स्टेटको अन्ति गढमा बाघुज शहरमा आक्रमण शुरु गरेयता इस्लामिक स्टेटका १३ सय ६ इस्लामिक स्टेटका लडाकु मारिएको तथा एसडीएफतर्फ ८२ एसडीएफ लडाकु मारिएको एसडीएफका कमाण्डरले जनाएका छन् ।

यता संयुक्त राष्टसंघले भने बाघुज शहरको नजिकै रहेका शरणार्थी शिविरमा ९० प्रतिशत महिला तथा बालबालिका सहित ६७ हजार मानिसहरु रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ५७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस