मौसम : कतै मेघ गर्जनसहित चट्यांङ, तराईमा हुरी-बतासको सम्भावना « Khabarhub

मौसम : कतै मेघ गर्जनसहित चट्यांङ, तराईमा हुरी-बतासको सम्भावना


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनका मौसमको पूर्वानूमान गरेको छ । बुधबारदेखि शुक्रबारसम्म देशका पूर्वी तथा पहाडी जिल्लामा चट्याङ, मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ ।  तराईका जिल्लामा हावाहुरी सहित वर्षाहुने पूर्वानूमान गरेको छ ।

बैशाख ४ गते (बुधबार)

दिउँसोः देशैभर सामान्य देखि पूर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयांग तथा हुरी बताससहित हल्कादेखि मध्ययम वर्षारअसिना पानीको सम्भावना रहेको छ ।

देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बुधबार रातिः देशैभरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्कादेखि मध्ययम वर्षारअसिना पानीको सम्भावना छ ।

देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०५ गते (बिहिबार)

दिउँसोः देशै भरी आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रही देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

बैशाख ०६ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागहरुमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ०४ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ