मौसम : कतै मेघ गर्जनसहित चट्यांङ, तराईमा हुरी-बतासको सम्भावना « Khabarhub

मौसम : कतै मेघ गर्जनसहित चट्यांङ, तराईमा हुरी-बतासको सम्भावना


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनका मौसमको पूर्वानूमान गरेको छ । बुधबारदेखि शुक्रबारसम्म देशका पूर्वी तथा पहाडी जिल्लामा चट्याङ, मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ ।  तराईका जिल्लामा हावाहुरी सहित वर्षाहुने पूर्वानूमान गरेको छ ।

बैशाख ४ गते (बुधबार)

दिउँसोः देशैभर सामान्य देखि पूर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयांग तथा हुरी बताससहित हल्कादेखि मध्ययम वर्षारअसिना पानीको सम्भावना रहेको छ ।

देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बुधबार रातिः देशैभरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्कादेखि मध्ययम वर्षारअसिना पानीको सम्भावना छ ।

देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०५ गते (बिहिबार)

दिउँसोः देशै भरी आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रही देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

बैशाख ०६ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागहरुमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ०४ बजे

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको