आज संसदीय सुनुवाइ, दिनेश थपलियाको सुनुवाइ हुने « Khabarhub

आज संसदीय सुनुवाइ, दिनेश थपलियाको सुनुवाइ हुने


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको सुनुवाइ गर्न आज (बुधबार) संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ । समितिले हिजो (मंगलबार) बसेको बैठकले प्रमुख निर्वाचन आयोगको प्रमुख आयुक्तका लागि बुधबार र न्यायाधीशमाथिको सुनुवाइ बिहीबार गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ । काठमाडौं क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सांसद नरोत्तम वैद्य, उपसचिव ईश्वरप्रसाद पोखरेल, नासु सूर्यप्रसाद ओझालगायतले लिखित उजुरी दिएका छन् । वैद्यले कर्मचारीलाई संवैधानिक आयोगमा ल्याउँदा गलत नजिर बस्ने उल्लेख गरेका छन् ।

त्यस्तै उपसचिव पोखरेलले कर्मचारी समायोजनका विषयमा विवादित निर्णय गरेको आरोप लगाएका छन् । संवैधानिक परिषदको गत चैत ११ गते बसेको बैठकले थपलियालाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : २६ बजे

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि