बेलायतले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने « Khabarhub

बेलायतले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बेलायत सरकारले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने भएको छ। बेलायती नियोग डीएफआईडीले विपन्न नेपालीका लागि ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको हो ।

डीएफआईडीले बुधबार एक कार्यक्रमको आयोजना गरी ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी गराएको हो । ४ वर्ष भित्र ९० हजारभन्दा बढी विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी यो कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका उपप्रमुख प्रशन्न केसीले जानकारी दिए।

यो कार्यक्रम पहिलो चरणमा प्रदेश दुईको धनुषा जिल्ला र प्रदेश ५ को वुटवल–भैरहवामा केन्द्रित हुनेछ । सबैभन्दा बढि विदेशिएका धनुषा जिल्लाका नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी कार्यक्रम ल्याइएको केसीले बताए । त्यस्तै उद्योग धन्दाको सम्भावना बढि रहेकाले बुटवल–भैरहवामा पनि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यक्रम अनुसार विपन्न वर्गका नागरिकहरुलाई कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइनेछ । नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा संचालन हुने कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डीएफआईडीले व्यहोर्ने छ । बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १ : ०६ बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी