‘बीआरआई नेपालको समृद्धिमा’ « Khabarhub

‘बीआरआई नेपालको समृद्धिमा’


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी गरेको एक कार्यक्रममा उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न ‘बीआरआई’ महत्वपूर्ण सावित हुने बताएका हुन् ।

पेकिङ विश्वविद्यालयका प्राध्यापक वाङ डङले बीआरआईअन्तर्गत निर्माण हुने भौतिक पूर्वाधारले नेपालको विकासमा सघाउने छन् भने एशियाली पूर्वाधार लगानी बैंकजस्ता वित्तीय संस्थाले विकास–निर्माणका निम्ति आवश्यक पूँजी जुटाउने बताए ।

नेपाल मात्र नभई बीआरआईमा आबद्ध सबै देश लाभान्वित हुने र त्यसले ती राष्ट्रको राष्ट्रिय अर्थतन्त्रलाई उजिल्याउँदै आर्थिक वृद्धिमा बढोत्तरी गर्ने उनले बताए । प्रतिष्ठानका प्रमुख भाष्कर कोइरालाले चीनले हासिल गरेको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरक छ भन्दै उसका अनुभवबाट नेपालले सिक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ०२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै