‘बीआरआई नेपालको समृद्धिमा’ « Khabarhub

‘बीआरआई नेपालको समृद्धिमा’


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी गरेको एक कार्यक्रममा उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न ‘बीआरआई’ महत्वपूर्ण सावित हुने बताएका हुन् ।

पेकिङ विश्वविद्यालयका प्राध्यापक वाङ डङले बीआरआईअन्तर्गत निर्माण हुने भौतिक पूर्वाधारले नेपालको विकासमा सघाउने छन् भने एशियाली पूर्वाधार लगानी बैंकजस्ता वित्तीय संस्थाले विकास–निर्माणका निम्ति आवश्यक पूँजी जुटाउने बताए ।

नेपाल मात्र नभई बीआरआईमा आबद्ध सबै देश लाभान्वित हुने र त्यसले ती राष्ट्रको राष्ट्रिय अर्थतन्त्रलाई उजिल्याउँदै आर्थिक वृद्धिमा बढोत्तरी गर्ने उनले बताए । प्रतिष्ठानका प्रमुख भाष्कर कोइरालाले चीनले हासिल गरेको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरक छ भन्दै उसका अनुभवबाट नेपालले सिक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ०२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज