‘नेपाली स्याट–१’ को विहीबार सबेरै प्रक्षेपण हुँदै, यहाँ हेर्न मिल्छ प्रत्यक्ष प्रसारण | Khabarhub Khabarhub

‘नेपाली स्याट–१’ को विहीबार सबेरै प्रक्षेपण हुँदै, यहाँ हेर्न मिल्छ प्रत्यक्ष प्रसारण


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विहीबार नेपालको पहिलो भू उपग्रह प्रक्षेपण गरिँदैछ । बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अमेरिकाको भिर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट अन्तरिक्षतर्फ प्रक्षेपण हुनेछ ।

नेपाली स्याट–१ नामक भू उपग्रहको प्रक्षेपणको अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिष्ट्रेसन नासाले आफ्नो साइटबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

नार्थट्रोप ग्रुमान सिग्नस नामक मालवाहक अन्तरिक्ष यानबाट प्रक्षेपण हुने नेपाली भूउपग्रह १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाईको तथा केबल १.३३ किलोग्राम वजनको रहेको छ ।

यो भू उपग्रह जापानको क्युसु इन्सटिच्युट अफ टेक्नोलोजी अन्तर्गतको बड्र्स परियोजनामार्फत निर्माण भएको हो भने यसको सबै खर्च नेपाली सरकारले व्यहोरेको बताइन्छ ।

नेपाली भूउपग्रहसँगै सोही अन्तरिक्ष यानमा जापानी तथा श्रीलंकाली भू उपग्रह समेत प्रक्षेपण हुने जनाइएको छ ।

नेपाली भू उपग्रह केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिने छ । नेपाली भू उपग्रह त्यसपछि पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको निम्नतहमा रहने छ ।

योसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मूलुकमा सूचिकृत भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले खुसी व्यक्त गरेका छन् ।

 

लाइभ यहाँ पनि उपलब्ध हुनेछ

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १० : ०४ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश