प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’ ट्रेलर रिलिज « Khabarhub

प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’ ट्रेलर रिलिज


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, धोका र रोमान्सलाई देखाइएको छ । फिल्ममा आयुष्मान देशराज जोशीले सागरको भूमिकामा अभिनय गरेका छन् प्रियंका कार्कीलाई आयुष्मानको अपोजिटमा देख्न सकिन्छ । उनी फिल्ममा सपनाको भूमिकामा छिन् ।

यस्तै फिल्ममा विशाल खरेलले पनि शीर्ष भूमिका निभाएका छन् । चलचित्रमा प्रदीप भारद्वाजको लेखन तथा योगेश घिमिरेको निर्देशन रहेको छ । फिल्मलाई मनिष दाहालले निर्माण गरेका हुन् ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन देख्न सकिन्छ । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर गिरी, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म जेठ ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ४ : २१ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए