३६५ किलो लागुऔषध गाँजा र चरेस बरामद « Khabarhub

३६५ किलो लागुऔषध गाँजा र चरेस बरामद


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ३६५ किलो लागुऔषध गाँजा र चरेश बरामद गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका–४ देउरीया टोलको एक घरमा छापा मारेर प्रहरीले ३५८ किलो गाँजा र सात किलो चरेश बरामद गरेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

प्रहरीले सोही ठाउँबाट चरेश बनाउने तीन वटा मेसिन, प्याकिङ गर्ने तीन बोर प्लाष्टिक र १९ थान काठको फर्मा समेत बरामद गरेको छ । अवैध रुपमा लागुऔषध भण्डारण गरी राखिएको सूचना प्राप्त भएपछि देउरिया टोलका तुसर माझिको घरमा छापा मार्दा उक्त लागुऔषध भेटिएको हो ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : ५९ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको