रोनाल्डोको क्लब युभेन्टसको नयाँ प्रशिक्षक बने सारी « Khabarhub

रोनाल्डोको क्लब युभेन्टसको नयाँ प्रशिक्षक बने सारी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक माउरिजियो सारी इटालीयन सिरी ‘ए’ को च्याम्पियन युभेन्टसको प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार सारीलाई आधिकारीक रुपमा प्रशिक्षकमा युभेन्टसले नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सारीले युभेन्ट्ससँग ३ वर्षको सम्झौता गरेर क्लबमा आवद्ध भएका हुन् ।

नापोलीबाट जुलाई २०१८ मा चेल्सी आएका सारीले इङ्ग्लीस क्लबलाई प्रिमियर लिगमा तेस्रो स्थानसम्म पुर्याएका थिए भने एक वर्षको इन्चार्ज भएका उनले युरोपा लिग उपाधि जिताएका थिए ।

६० वर्षीय प्रशिक्षकका लागि दुवै क्लबले आपसी समझदारीमा हस्ताक्षर गरेको समाचारहरुमा उल्लेख छ । युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले गएको सिजनको समाप्तीसँगै क्लब छाडेपछि सारीले स्थान पाएका हुन् ।

गएको जुलाईमा विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डो पनि युभेन्टस पुगेका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ०९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु