सुविधानगरमा ७४ सीसी टिभी जडान « Khabarhub

सुविधानगरमा ७४ सीसी टिभी जडान


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको सुविधानगर-तिनकुने क्षेत्रमा ७४ वटा सीसी टिभी क्यामेरा जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता समाज एवम् सुरक्षित नागरिक समाजको संयुक्त पहलमा सुविधानगर क्षेत्रमा ३७ लाख ३५ हजार रुपैयाँको लागतमा ७२ वटा सीसी टिभी जडान गरिएको हो । जडान गरिएको उक्त सीसी टिभी क्यामेरा सञ्चालनका लागि सोमबार एक कार्यक्रमको आयोजना गरी महानगरीय प्रहरी कार्यालयलाई हस्तान्तरणका साथै उद्घाटन गरियो ।

कार्यक्रममा नेपाल सरकारका महान्यायधिवक्ता अग्निप्रसाद खरेल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शैलेश थापा क्षेत्री, प्रदेश – ३ का संसाद दीपेन्द्र श्रेष्ठलगायतको उपस्थिती थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) क्षेत्रीले ‘सीसी टिभी क्यामेरा जडानसँगै विभिन्न अपराधिक क्रियाकलापहरु न्यूनीकरण हुदैँ आएको बताए । ‘महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतमा उपत्यकाभित्र हाल ४ सय ४० वटा सीसी टिभी क्यामेरा सञ्चालनमा रहेका छन्’ उनले भने, ‘दुर्घटना तथा अपराध न्यूनिकरणमा प्रहरीको साथी बनेको छ’ ।

सीसी टिभी जडानको लागि एकिकृत उपभोक्ता संघ सुविधानगरका पदाधिकारीहरुले गत तिहारमा देउँसीभैलो खेलेर जम्मा गरेको ४ लाख ५० हजार र ट्रिटन इन्टरनेशनल कलेज तथा ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलले २ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । यस्तै सुविधानगर क्षेत्रमा रहेका विद्यालय, कलेज, व्यवसायीबाट बाँकी रकम संकलन गरिएको हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ३४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु