साउन महिनाको यस्तो छ तपाईको राशिफल | Khabarhub Khabarhub

साउन महिनाको यस्तो छ तपाईको राशिफल


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको साउन महिना कस्तो रहनेछ ? समग्र साउन महिनाकाे ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिनामा तपाईंको राशिबाट चौथौ भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्नेछ । २० गतेबाट वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्ने अवस्था देखिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

तपाईंका लागि साउन महिना समग्रमा सकारात्मक महिना रहेको छ । इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । पारिवार संग रमाइलो भेटघाट हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गर्नु उत्तम हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

तपाइको मेहनतको प्रसंशा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यबसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरेमा कार्यसिद्धि मिल्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

तपाईंको राशिबाट नवौँ भावमा सूर्यले भ्रमण गरेको हुँदा राम्रो फल मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य पूजा आरधना गर्दा अधिक लाभ मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सरकारी निकाएको भय रहला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गर्नु उत्तम होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश,जाँगर र हिम्मत बढ्ला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । लामोयात्रा सुखद् र सफल हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गर्दा अधिक लाभ हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

साउन महिनामा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

साउन महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी कार्य आरम्भ गर्नुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बंगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिनाको अन्तिम सातामा राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग लिलो वा पहेलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न बनाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो महिनामा रमाइलो यात्राको सम्भावना छ। लगनशीलताले कामहरु अगाडि बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ४१ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप