८ मिनेटको दृश्यका लागि ७० करोड खर्च ! « Khabarhub

८ मिनेटको दृश्यका लागि ७० करोड खर्च !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् । भारतीय फिल्म ‘साहू’ मा यो जोडीको एकसाथ देखिँदैछन् ।

हिन्दी, तेलुगु र तामिल तीन भाषामा निर्माण भइरहेको यो चलचित्र एउटा खबरले अहिले चलचित्र बजार तरंगित बनेको छ । प्रभासको फिल्म भनेर यसअघि नै चर्चा बटुलेको यो फिल्ममा छायाँकार आर माधीले उक्त खबर चुहाएको बताइन्छ ।

माधीका अनुसार फिल्ममा ८ मिनेटको दृश्यको लागि ७० करोड भारु खर्च गरिएको छ । अबुधाबीमा छायाँकन गरिएको उक्त एक्शन दृश्यले सबैभन्दा खर्चिलो दृश्यको कीर्तिमान नै राख्ने खबर चलेको छ । फिल्ममा प्रभासको भूमिका विभिन्न प्रकारको रहेको थाहा भएको छ । श्रद्धाको भने फिल्ममा प्रहरीको भुमिकामा छिन् ।

प्रभासको फिल्म एक्शन हुने पक्का रहेपनि सानो दृश्यको यति ठूलो रकम खर्चेको खबरसँगै फिल्मको चर्चा थप चुलिएको छ । फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रफ, निल नीतिन मुकेश, मन्दीरा बेदी, चंकी पाण्डे, महेश मान्ज्रेकर, अरुण विजय, मुरली शर्मा लगायतका स्टारहरु रहेका छन् ।

सुजिथ रेड्डीले निर्देशन गरेको उक्त फिल्म बजेट ३ अर्ब भारु रहेको छ । फिल्म आगामी अगस्ट १५ मा रिलिज हुने बताईएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : ५८ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी