बन्दुक बोकेर चोरी शिकार गर्ने तीन पक्राउ « Khabarhub

बन्दुक बोकेर चोरी शिकार गर्ने तीन पक्राउ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाबाट खटिई गएको संयुक्त टोलीले घर खानतलासी गर्दा निजको घरबाट उक्त वस्तु फेला परेको हो ।

थारुको किराना पसलबाट चित्तलजस्तो देखिने जङ्गली जनावरको ४.३ लम्बाइ, २.१० चौडाइ, बीचमा आधा इन्च गोलाइ भएको दुई प्वाल रहेको छाला एक थान, दुई स्टिलको बाटासहितको मासु १२ केजी, एक फिट लम्बाइ भएको फलामको खुँडा एक थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बारबर्दिया नपा–७ हरनहवा बस्ने ५४ वर्षीय सीताराम थारूको घरबाट भरुवा एकनाले बन्दुक एक थान, स्टिलको बाटासहित जनावरको मासु छ केजीसहित बरामद भएको छ । सोही ठाँउ बस्ने ५० वर्षीय रामफल थारूलाई दुई केजी जनावरको मासुसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ५५ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा