वेसबल नियम जानकारी नै नभएका म्यानेजर, खेलको बीचमै खेलाडी फेर्दा नेपाल भारतसँग पराजित | Khabarhub Khabarhub

वेसबल नियम जानकारी नै नभएका म्यानेजर, खेलको बीचमै खेलाडी फेर्दा नेपाल भारतसँग पराजित


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको कोलम्बोमा जारी १४ औं बीएफए वेस्ट एसियन बेसबल कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा हार व्यहोर्दै नेपाली वेसबल टोली प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाल मंगलबार डिफेन्डिङ च्याम्पियन श्रीलंकासँग १३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ८–० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।

टीम व्यवस्थापनमा समस्या

बेसबल खेल्न श्रीलंका पुगेको नेपाली टोलीको लज्जास्पद पराजय हुनुमा टीम म्यानेजरको कमजोरी रहेको देखिएको छ । टीम म्यानेजर जीवन केसीको गलत निर्णय र कमजोरीका कारण नेपाली टोलीले लज्जास्पद हार व्यहोर्न पुगेको टोलीकै सदस्यको भनाइ छ ।

टीम म्यानेजर केसीले आफूखुसी खेलाडीको छनोट गर्ने, कोचसँगको सल्लाहविना खेलाडी राख्ने र हटाउने लगायतका कार्य गर्दा नेपाली वेस बल टोलीले लज्जास्पद पराजय व्यहोरेको टोलीमा संलग्न एक पदाधिकारीले बताए ।

‘टीम म्यानेजरले पीचरको ठाउँमा खेल चलिरहेको बेलामा डिएचलाई राखेपछि रेफ्रीले उनलाई निकालिदिए’ टोलीमा सहभागी एक सदस्यले भने,‘जसका कारण नेपालले लाज्जास्पद हार व्यहोर्नुपर्यो‍ ।’

९ इनिङको खेल अन्तर्गत पहिलो इनिङमा भारतले ३ होम रन बनाएको थियो । ‘दोस्रो खेलमा (भारतसँगको खेलमा) पिचरले राम्रो प्रदर्शन गरिरहेका थिए तर म्यानेजरले टीम कप्तान र कोचसँग कुनै सल्लाह नगरि खेलाडी परिवर्तन गर्दा समस्या आइलाग्यो’ ती सदस्यले खबरहबसँग भने ।

म्यानेजरको गलत निर्णय र बेसवलको नियमबारे ज्ञान नहुँदा नेपाली बेसबल टोली समूह चरणबाटै बाहिरिनु परेको श्रीलंका पुगेका टोलीका सदस्यहरुको आरोप छ ।

सेमिफाइनलमा पुग्न नेपालले भारतलाई पराजित गर्नेपर्ने थियो तर नेपालले हार व्यहोरोको छ ।  यो प्रतियोगिताको विजेता र उपविजेता टोली एसिया कप हुँदै ओलम्पिकको क्वालिफाइङ खेल्ने छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : २२ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।