इराकमा टर्किस कूटनीतिज्ञको हत्या « Khabarhub

इराकमा टर्किस कूटनीतिज्ञको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा बन्दुकधारीले टर्किका कूटनीतिज्ञको हत्या गरेका छन् ।

अर्बिलको अनकावा क्षेत्रस्थित एक रेष्टेरेन्टमा भोजन गरिरहेका बेला दुई बन्दुकधारीले अर्बिलस्थित नियोगका उप महावाणिज्य दूतलाई लक्षित गरी गोली हानेका थिए ।

बन्दुकधारीको आक्रमणका क्रममा अरु एक जनाको पनि ज्यान गएको र अर्का एक घाइते भएको बताइएको छ । गोली चलाउने दुबै बन्दुकधारी फरार छन् । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानका प्रवक्ताले आक्रमणकारीको पहिचान गरी आक्रमणको बदला लिने दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सो क्षेत्रमा टर्कीमो बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेका लडाकु सक्रिय रहेको र उनीहरुले नै टर्किस कूटनीतिज्ञको हत्या गरेको हुनसक्ने बताइएको छ ।

टर्कीले आतंककारी समूह भन्दै पीकेकेविरुद्ध व्यापक कारवाही गर्दै आएको छ । बुधबारमात्रै टर्कीले इराकी कुर्दिस्तान क्षेत्रमा पीकेके लडाकुविरुद्ध गरेको हवाई आक्रमणमा ७ पीकेके लडाकुको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ५२ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा