नयाँ योजनाका साथ अघि बढेमा समृद्धि टाढा छैन: डा. भट्टराई « Khabarhub

नयाँ योजनाका साथ अघि बढेमा समृद्धि टाढा छैन: डा. भट्टराई


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताएका छन् ।

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आइतबार बागलुङको गलकोट पुगेका भट्टराइले स्रोत र साधनले भरिएको मुलुकमा नयाँ योजनाका साथ अगाडि बढेमा समृद्धि टाढा नभएको बताए ।

उनले अबको पाँच वर्षमा गरीबी अन्त्य गर्ने, १५ वर्षमा मध्यमस्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताए ।

मध्यपहाडी पुष्पलाल लोकमार्गले पहाडको समृद्धिको ढोका खोलेको उनको भनाइ थियो । डा भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टचारीलाई प्रश्रय दिने खालको गतिविधि गरेको आरोप लगाए ।

आगामी फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने सो यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको निरीक्षण गरिने डा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ४२ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव