कश्मीरको सीमामा पाकिस्तानको आक्रमण, नेपाली मूलका भारतीय सैनिक मारिए « Khabarhub

कश्मीरको सीमामा पाकिस्तानको आक्रमण, नेपाली मूलका भारतीय सैनिक मारिए


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् ।

भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको हो ।

पाकिस्तानको आक्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा पाकिस्तानी सेनाको सुरक्षा चौकी ध्वस्त पारिएको भारतको दैनिक भाष्कर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानी सेनाले युद्धविरामको उल्लङ्घन गर्दै बिहान साढे ६ बजे आसपास आक्रमण गरेको बताइएको छ । मारिने भारतीय सेनाका लेसनायक सन्दीप थापा उत्तराखण्डस्थित देहरादूनका नेपाली मूलका भारतीय नागरिक रहेको बताइएको छ ।

भारतीय रक्षामन्त्रालयका अनुसार पाकिस्तानी सेनाले मोर्टार लगायतका साना हतियारमार्फत भारतीय सुरक्षा चौकीमा आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : ४४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा